कन्नड फिल्म निर्माता सौन्दर्य जगदीशको मृत्यु

२०८१ बैशाख ३, सोमबार

काठमाडौं : कन्नड फिल्म निर्माता सौन्दर्य जगदीशको मृत्यु भएको छ। व्यवसायी समेत रहेका जगदीशको आइतबार बैंगलुरूको महालक्ष्मी लेआउटस्थित आफ्नै घरमा मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम इन्डिया इक्प्रेसका अनुसार उनले आत्महत्याको प्रयास गरेका थिए। यस मामिलामा पुलिस जाँच गरिरहेको छ।

‘जगदीशको आत्महत्याको प्रयासपछि मृत्यु भएको छ। हामीले उसलाई अस्पतालमा ल्याएका थियौं। अस्पतालमा ल्याएपछि उनलाई मृत घोषित गरिएको थियो। जगदीशको स्वास्थ्यमा कुनै समस्या थिएन,’ जगदीशका साथी श्रेयसले बताएका छन्।

जगदीश हालै एक विवादमा फसेका थिए। उनीमाथि १ बजेपछि पनि पब खोलेको भन्दै मुद्दा दर्ता भएको थियो। उनी पबका मालिक, फिल्म निर्मातासँगै बिल्डर व्यवसायी पनि हुन्। उनले ‘अप्पु र पप्पु, मस्त मजा माडी, स्नेहितरू, रामलीला’ जस्ता चर्चित फिल्म निर्माण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार