पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

२०८१ बैशाख ३, सोमबार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन्। पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताए।

विगतमा सांसदहरुले रातो पासपोर्ट लगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेस गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले सहकारी लगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताए। ‘समितिका बैठकहरुमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ। र, माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्छ। माननीयहरु कहाँ हुनुहुन्छ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ,’ उनले भने। एमाले अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार