मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

२०८१ बैशाख ३, सोमबार

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका–४ को मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

सोमवार दिउँसो मलामीहरु इटहरी-४ गैरीगाउँका उमेश तामाङ र धरानका अनिल तामाङले चिर्पट प्रहार गर्दा ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकाश समिति’ का कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट घाइते तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको थियो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अर्का आरोपी अनिल तामाङ फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार