शपथस्थलमा लफडा भएपछि नाउपाका कैलाशलाई बनाइयो भौतिक पूर्वाधार मन्त्री

२०८१ बैशाख ७, शुक्रबार

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथकै बेला केहीबेर प्रदेश प्रमुखको कार्यालयमा तनावको स्थिति समेत सिर्जना भएको थियो । मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो ।

त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले शपथ ग्रहण गरे । केहीबेरको छलफलपछि कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार