काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ३९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय २० रूपैयाँ कायम भएको छ ।