अर्घाखाँची र गुल्मीमा एक सय घरगोठ जलेर नष्ट

२०८१ बैशाख ९, आईतवार

काठमाडौं : अर्घाखाँची र गुल्मीमा डढेलो बस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। गुल्मीमा २० घर २१ गोठ र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

शीतगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनमा सल्किएको आगो अनियन्त्रित भएर बस्तीमा फैलिएको हो ।

आगलागीबाट ११ खसी बाख्रा र ६ वटा भैंसी पनि जलेर मरेका छन् भने आर्थिक क्षतिको विवरण संकलन हुन सकेको छैन ।
शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मीलगायतका पहाडी जिल्लाहरुमा चलेको हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो।

यस्तै, गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो। डढेलोमा परी ७५ वटा चौपाया मरेका छन् भने एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार