प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित

२०८१ बैशाख ९, आईतवार

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ । क्याप्टेन शेर्पाले केही महिना अघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ ।

क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार