कैलाली : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री पद छोडेको बताएकी छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनमा असर नपारोस् भन्नको लागि र गठबन्धन बलियो बनाउन आफू एक कदम पछाडि हटेको बताइन । ‘सत्ता समीकरण बचाउन र सम्भावित राजनैतिक दुर्घटना हुन नदिन म एक कदम पछि हटेको हुँ’, उनले भनिन्, ‘हामीले मुख्यमन्त्री पाउँदै थियौं । तर, अहिले हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभएको छ । अर्को सांसद पनि मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ ।’
‘फेसबुकबाट राजनीति हुँदैन’, उनले भनिन्, ‘उहाँ टीका थापाले विनाविभागीयमन्त्री नखाने भन्नुभएको हो । विभाग तोकिएपछि शपथ लिनुहुन्छ ।’





