काठमाडौँ : सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय हुने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाका लागि सिफारिस भएका छन्।
त्यसैगरी दुईजना एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। उनीहरुको विषयमा पनि आजको बैठकले आवश्यक निर्णय गर्न सक्ने सम्भावना छ।





