भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १०, सोमबार

काठमाडौं : कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार