काठमाडौं : प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम-२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ।
मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले बताएका छन्। अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने भएकाले गम्भीरतापूर्वक लिनु मतदातालाई आह्वान गरेको छ।
लिम्बुलाई यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलगायतले समर्थन जनाएका छन्।इलाम दुईमा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू प्रतिस्पर्धामा छन्।





