प्रहरीले गर्‍यो ललितपुरमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

२०८१ बैशाख १०, सोमबार

काठमाडौँ : नेपाल प्रहरीको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ।

गएराति ११ बजे सडकमा हिँड्दै गर्दा ४३ वर्षका रामेश्वर बोगटी सडक र घरको बीचमा रहेको इनारमा खसेका थिए। १० फिट गहिरो इनारमा खसेका उनलाई प्रहरी चौकी टीकाथली, प्रहरी प्रभाग इमाडोल र प्रहरी परिसर जाउलाखेलको टोली उद्धार गरेको हो।

प्रहरी नायब उपरीक्षक सुधिर राईको कमान्डमा खटिएको प्रहरीले उद्धार गरेर उनलाई इमाडोलमा रहेको किस्ट अस्पतालमा पठाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार