मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

२०८१ बैशाख १०, सोमबार

काठमाडौं : महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार