कटुवा पेस्तोलसहित बाँकेबाट तीन जना पक्राउ

२०८१ बैशाख ११, मंगलवार

बाँके : बाँके प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा मोटरसाइकलमा सवार तीन जनालाई चेकजाँच गर्दा नेपालगन्ज उपमहानगरपालिका १३ लोनियनपुरुवाका हुसैन बागवानको साथबाट कटुवा पेस्तोल फेला परेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

भे.६ प.४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार सदराम बागवान, साकिर अलि बागवान र हुसैन बागवानलाई शंका लागि चेकजाँच गर्दा हुसैन बागवानको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, तीन थान मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार