काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुने बताएका छन्। इलामको चुनावी सभालाई सम्बोधन गर्दै पुराना कुराहरूलाई आत्मसाथ गर्दै कुनै किसिमको भ्रष्टाचार र कुशासन हुन नदिने बताए।
‘हामी यी विषयहरूमा कठोर निर्णय लिएर अगाडि बढ्दैछौं’ उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणको प्रसङ्गमा भने, ‘देशभरका जनताले बोलिरहेका छन्, सजाय दिनुस् भनेर। त्यही भएर हामीले संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुस् भनेका हौँ। छानबिन समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ।’
उनले भने, ‘पहिचानको मुद्दालाई सबैभन्दा पहिला कांग्रेसले उठाएको हो। पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा कांग्रेस सधैं अगाडि छ। पहिचानवादी उम्मेदवारलाई पनि आग्रह गर्छु कांग्रेसलाई सघाएर पहिचानको मुद्दालाई अगाडि बढाउन मद्दत गर्नुस्। पहिचानको मुद्दा कांग्रेसको मुद्दा हो।’





