सुर्खेतमा प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

२०८१ बैशाख १२, बुधबार

सुर्खेत : विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् ।

बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीका अनुसार थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार