‘घरज्वाइँ’ को पोस्टरमा हर्षित दयाहाङ र मिरूना

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार दुई फरक डिजाइनका पोस्टर सार्वजनिक गरेको हो। जसमध्ये एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले बोरामा भारी बोकेका छन्। यो पोस्टरमा दुवैजना हर्षित देखिएका छन्। अर्को पोस्टरमा दयाहाङ र मिरूनासहित फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको ‘घरज्वाइँ’ लाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् भने पटकथा र संवाद लेखनमा उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन्।

दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतले फिल्ममा अभिनय गरेका छन्।

पूर्वी रुकुम आसपारमा खिचिएको फिल्म मगर संस्कृतिमा आधारित रहेको निर्माण टिमले जनाएको छ। सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। आर आर फिल्मसले यसलाई वितरण गर्दैछ। असार २८ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार