दुई समूहबिच झडप, एक युवाको मृत्यु

२०८१ बैशाख १२, बुधबार

सल्यान : सल्यानको कुमाख गाउँपालिका–५ मा दुई समूहबिच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गएराति करिब १० बजे झारकाँडा र कौछेका युवाहरूबिचमा झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक शेरबहादुर बस्नेतले मृत्यु हुनेमा कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षका विकाश वली रहेको बताए । उनका अनुसार वैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका उनीहरू फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरूले विवाहका लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झडपमा परी कुमाख गाउँपालिका ६ वडागाउँ १८ वर्षका सुशील केसी घाइते भएका छन् । उनको नेपालगन्ज नर्सिङ्गअस्पतालमा उपचार भइरहेको छ । झगडामा सङ्लन ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतकलाई  पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।

कुटपिटमा संलग्न भएका कुमाख गाउँपालिका ५का मानसिह कुमाईं र हेमन्तथापा लगायतका  फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार