आलमकाे मुद्दामा बहस सकियो, फैसला आउँदै

२०८१ बैशाख १३, बिहीबार

रौतहट : रौतहटको राजपुर बम काण्डले चर्चित महम्मद आफताब आलमको मुद्दामा बहस सकिएको छ। गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको बेन्चमा बहस भएको थियो। अदालतमा प्रतिवादीको तर्फबाट आठ जनाले कानुन व्यवसायीले बहस गरेका थिए। बहस गर्नेमा गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, आफताब आलम, अनन्त अधिकारीसहितका कानुन व्यवसायीले बहस गरेका थिए। पीडितको तर्फबाट कानुन व्यावसायीहरु पुष्पराज पौडेल र विकास बस्नेत तथा जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका  थिए।

मुद्दाको बहस सकिएकोले बिहीबार नै फैसला आउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार