सरकारविरोधी प्रदर्शनको समर्थन गरेपछि ईरानका र्‍यापरलाई मृत्यु दण्ड

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : ईरानका एकजना चर्चित र्‍यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ। ईरानका र्‍यापर तुमज सालेहीले सरकार विरोधी प्रदर्शनको समर्थन गरेको भन्दै उनलाई मृत्यु दण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ।

सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमीनीको मृत्यु पछि सुरु भएको विरोध प्रदर्शनलाई सालेहीले आफ्नो गीतमार्फत् समर्थन गरेका थिए। सालेहीका वकिल आमिर रईसियनले सरकारको उक्त निर्णयविरुद्ध मुद्दा दायर गर्ने बताएका छन्। त्यसका लागि २० दिनको समय छ।

सालेहीलाई पहिलोपटक सन् २०२२ को अक्टुबरमा पक्राउ गरिएको थियो। सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्नुका साथै उनीमाथि अन्य आरोप पनि लागेको थियो। २०२३ को जुलाईमा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो। सालेहीलाई अदालतले भ्रष्टाचार, सरकार विरोधी प्रोपेगेन्डा फैलाउने र दङ्गा भड्काउनेसहित विभिन्न आरोपमा दोषी ठहराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार