नक्कली परीक्षार्थी पक्राउ

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

शान्ति शान्ति शिक्षा मन्दिर मावि ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार