पटनाको होटलमा आगलागी, तीन महिलासहित ६ जनाको मृत्यु

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं : बिहारको पटनाको गोलबर कोतवाली थाना क्षेत्रको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जना महिला छन् । दुई जना गम्भीर घाइते भएका छन् । पटना शहरका प्रहरी उपरीक्षक चन्द्रशेखरले यसको पुष्टि गर्दै पीटीआईलाई भने – आगो निभाउन दमकल पुगेको छ।

१२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । तीमध्ये केहीको उपचार भइरहेको छ । बिहारको दमकल विभागका डीजी शोभा अहोटकरले पहिलो नजरमा यो दुर्घटना ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने बताइन् ।

आफ्नो विभागले यस्ता क्षेत्रमा निरन्तर फायर अडिट गरिरहेको उनले बताइन् । उनले भनिन् ‘यस्ता दुर्घटनाबाट जनतालाई जोगाउन हामीले निरन्तर जनचेतना अभियान पनि चलाइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार