गण्डकी प्रदेश प्रमुखको जिम्मा डीआईजी दुर्गा सिंहलाई

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट सिंहको सरुवा गरिएको हो । यसअघि ७ वैशाखमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि गण्डकी प्रदेशमा डीआईजी रिक्त थियो । उनै खनालको ठाउँमा सिंहलाई पठाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार