आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

२०८१ बैशाख १४, शुक्रबार

राजविराज : सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् ।

सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सुचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार