दिल्लीसँग मुम्बई १० रनले पराजित

२०८१ बैशाख १५, शनिबार

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग १० रनले पराजित भएको छ ।

जितका लागि २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो ।मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको योगदान दिए ।सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन प्रहार गरे ।

दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र  २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हिकाए ।

त्यस्तै, ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन तथा साई होपले १७ बलमा ४१ रनको योगदान दिए । अभिषेक पोरेलले २७ बलमा ३६ रन तथा ऋषब पन्तले १९ बलमा २९ रन बनाए । १० खेलमा दिल्लीको यो पाँचौँ जित हो । टोली १० अङ्कसहित लिगमा पाँचौँ स्थानमा छ । उता छैटौँ हार बेहोरेको मुम्बई ६ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार