सिन्धुली पठाइए एसपी तिमल्सिना

२०८१ बैशाख १५, शनिबार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी अर्जुनप्रसाद तिमल्सिनालाई सरुवा गरेको छ।

सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले हाम्रोदेशलाई बताए । उनी प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।

वैशाख १० मा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । २०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार