सर्लाहीमा २० वर्षीय युवकको शव मकैबारीमा फेला

२०८१ बैशाख १६, आईतवार

सर्लाही : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा २० वर्षीय युवकको शव फेला परेको छ। स्थानीय सीताराम साहका २० वर्षीय छोरा अरविन्दको शव घर नजिकै मकैबारीमा फेला परेको हो।

स्थानीय रामचन्द्र साहको मकैबारीभित्र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। युवकको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार