बढ्यो सुनको मूल्य

२०८१ बैशाख १६, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार  भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार