बझाङ–१ मा मतगणना सुरु

२०८१ बैशाख १६, आईतवार

बझाङ : बझाङ उपचुनाव अन्तर्गत शनिबार सम्पन्न मतदानको गणना गर्न थालिएको छ। आइतबार दिउँसोदेखि मत गणना सुरु गरिएको
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वदलीय बैठकको निर्णयपछि यहाँ मतगणना सुरु गरिएको हो। जिल्ला अदालतको भवनमा मतगणना सुरु भएको हो।

सुरुआतमा छबिसपाथीभेरा गाउँपालिका क्षेत्रको मत गणना भइरहेको छ। त्यसअघि आइतबार बिहान ११ बजे सर्वदलीय बैठक बसेर मत गणना गर्ने निर्णय भएको थियो। जिल्ला अदालतको भवनमा मतगणना भइरहेको हो। त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। गणनास्थल तारजालले घेरिएको छ भने सीसीटीभीको निगरानी छ। मत गणना सुरु भएपछि चरण चरणमा परिणाम माइकिङ गर्ने प्रबन्ध मिलाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार