काठमाडौँ : काठमाडौँको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । दोभानपुल नजिकैको एक पसलमा ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ। आगलागी भएपछि काठमाडौं महानगरको टोली वरुण यन्त्रसहित पुगेको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।





