आईपीएलमा हैदराबाद चेन्नाइसँग ७८ रनले पराजित

२०८१ बैशाख १७, सोमबार

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल)मा सनराइज हैदराबाद चेन्नाइ सुपरकिंससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन हो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५/१५ रन जोडे । चेन्नायका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो । चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे । हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए ।

यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार