बझाङमा कांग्रेस झिनो मतान्तरले अगाडि

२०८१ बैशाख १७, सोमबार

काठमाण्डौ : बझाङ प्रदेश १ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतान्तरले अग्रता लिएका छन् । सोमबार बिहानको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २६४ मतले पछि पारेका हुन्। कांग्रेसका सिंहले ७ हजार ४९२ मत प्राप्त गरेका छन् भने एमालेका भण्डारीले ७ हजार २२८ मत प्राप्त गरेका छन्।

यस्तै, माओवादीका उम्मेदवार जनक बुढा २ हजार ८९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार १०२ मतसहित चौंथो स्थानमा छन्। यता, हलो र खुकुरीले क्रमश १८१ र २३ मत ल्याएका छन्।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा , थलारा ९ र सुर्मा गाउँपालिकासम्मको गणना भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार