
काठमाडौं : सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ। आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।