अनमोलको ‘फर्की फर्की’ फिल्म आउदा पूजा शर्माको ‘दान्भी’ को रिलिज डेट सर्‍यो

२०८१ बैशाख १७, सोमबार

काठमाडौँ : पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को प्रदर्शन मिति सरेको छ। चलचित्र संघ र वितरकबीचको सहमतिअनुसार आफूहरुले रिलिज मिति सारेको दान्भीका वितरक करण श्रेष्ठले जानकारी दिए।

यसअघि यो फिल्म जेठ १० गतेबाट रिलिज हुने भनिएको थियो। जुन मितिमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’ पनि आउँदैछन्। एकैदिन धेरै फिल्म जुधाउनुभन्दा मिलेर जाने हिसाबले प्रदर्शन डेट सारेको वितरक श्रेष्ठले दाबी गरे।

उनले भने, ‘एकैदिन धेरै फिल्म जुध्दा फिल्मक्षेत्रलाई नै हानी हुन्छ। जसकारण हामीले चलचित्र संघसँगको समन्वयनमा रिलिज मिति सार्ने निर्णय गरेका हौँ। यो निर्णयले मिलेर अघि बढ्नुपर्छ भन्ने नजिर पनि बस्छ।’

पूजा शर्माको जन्मदिनमा रिलिज मिति घोषणा गरिने समेत उनले बताए। एक्सन जनरामा बनेको फिल्ममा पूजासहित कुन्साङ बोमजोमको मुख्य भूमिका छ। यसै फिल्मबाट कुन्साङले ठूलो पर्दामा डेब्यु गर्दैछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार