बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा, ९ भोटको फरक

२०८१ बैशाख १७, सोमबार

कैलाली : बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । तलकोटको १, २ र ३ वडा सम्मको मतगणना हुँदा कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि बढेका थिए । अहिले ४ र ५ वडाको पनि मतगणना सकिएको छ । दुई वडाको मत गणना सकिँदासम्म पनि ९ भोटकै फरक छ ।

एमालेका भण्डारीले १० हजार ३६३ मत ल्याउँदा कांग्रेसका सिंहले १० हजार ३५४ मत पाएका छन् । यी दुई वडाको गणना हुनुअघि भण्डारीको ९ हजार ८८९ मत र सिंहको ९ हजार ८८० मत रहेको थियो । अ ५ नम्बर वडामा एमालेले २५९ मत पाउदा कांग्रेसले २४४ मत पाएको छ भने ४ नम्बर वडामा एमालेले २१५ मत पाउँदा कांग्रेसले २३० मत पाएको छ । अहिले तलकोटको ६ र ७ वडाको मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार