
काठमाडौँ : सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ सनासामा एक विदेशी महिलाको मृत्यु भएको छ। ३६ वर्षिया इन्डोनेसियाली नागरिक मारिस्टारिता सिनागाको सगरमाथा बेस क्याम्प जाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यही वैशाख १५ गते होटलमा आई बसेकी उनी १६ गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएको प्रहरीले तत्काल उनलाई उपचारको लागि होमगिल सामुदायिक अस्पताल नाम्चे लगेको थियो। तर उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।
घटनाबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।