रहेनन् ‘माइतीघर’ का अभिनेता सीपी लोहनी

२०८१ बैशाख १७, सोमबार

काठमाडौँ : पुराना कलाकार सीपी (चिदम्बरमप्रसाद) लोहनीको निधन भएको छ। निजी क्षेत्रबाट बनेको पहिलो फिल्म ‘माइतीघर’ का अभिनेता लोहनीको सोमबार दिउँसो निधन भएको हो।

नेपाल चलचित्र कलाकार संघले लोहनीको निधनबारे जानकारी दिएको हो। सीपीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
लोहनी पार्किन्सन र अल्माइजरबाट पिडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि केहीदिनअघि उनलाई अन्नपूर्ण न्युरोमा भर्ना गरिएको थियो। तर, ८६ वर्षिय लोहनीले अस्पतालमै अन्मित सास फेरे।

लोहनीले रेडियो नेपालमा केही गीतहरु समेत रेकर्ड गरेका थिए। लोहनी नेपाली र बलिउड अभिनेत्री माला सिन्हाका श्रीमान समेत हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार