इलाम–२ अपडेट : सुहाङ ६ हजार ४ सय मतान्तरले अघि

२०८१ बैशाख १७, सोमबार

इलाम : इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। अहिलेसम्म लगभग ४५ हजार हाराहारीमा मतगणना सकिइसकेको छ।

पछिल्लो मतपरिणमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काभन्दा उनी ६ हजार ४ सय ३९ मतले अघि छन्। नेम्वाङले १९ हजार १ सय १४ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्।

फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मतगणना सकिइसकेको छ। अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार