बझाङमा एकीकृत समाजवादीसहित आठको जमानत जफत

२०८१ बैशाख १७, सोमबार

बझाङ : बझाङको  प्नदेश सभा (१) सदस्यका लागि सम्पन्न उपचुनावमा एकीकृत समाजवादीका उम्मेदवारसहित आठजनाको जमानत जफत भएको छ।

उपनिर्वाचनमा ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए। उनीहरूमध्ये एमाले निर्वाचित भएको छ भने कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ। मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो। जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाए। यसैगरी, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार