राजनीतिक मैदानमा एमाले र कांग्रेसमात्रै प्रमुख खेलाडी रहेको पुष्टि भयो : गोकुल बाँस्कोटा

२०८१ बैशाख १७, सोमबार

काठमाडाैं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपालको राजनीतिमा दुई मूल खेलाडीमात्रै रहेको पुष्टि भएको बताएका छन् ।

इलाम प्रतिनिधि सभा र बझाङ प्रदेश सभा निर्वाचनमा कांग्रेस र एमालेमात्रै मुख्य प्रतिस्पर्धी रहेको बाँस्कोटाले बताएका हुन् । आफूले कांग्रेस एमालेबाहेकका दल छेउ-कुना भर्ने मात्रै रहेको बताउँदा नेताहरू असन्तुष्ट भए पनि यथार्थ यही रहेको उनी बताउँछन् ।‘

नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुइटा मात्र हुन्। अरु छेउ-कुना भर्न मात्र मैदानमा रहेका हुन् भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रमस्थलमै आगो भा थे’, बाँस्कोटाले सामाजिक सञ्जालमा फेसबूकमा लेखेका छन्, ‘आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि ! तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार