
काठमाडौँ : काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् ।
ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।