कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपको गम्भीर साइड इफेक्ट्स

२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ। बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।

थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।

एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।

एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ। एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार