हिमालयन लाइफले बीमितको घरमै गई गर्‍यो बीमा दावी भुक्तानी

२०८१ बैशाख १८, मंगलवार

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको प्यूठान शाखा कार्यालयले शनीवारको दिन माण्डवी गाउँपालिका ३ नयाँगाउँका बीमित डोर बहादुर खत्री क्षेत्रीको घरमै गई बीमा दावी वापतको १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख केसीले जाकारी दिए ।

कम्पनीमा १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरेका बीमितले १ किस्ता मात्र बीमा शुल्क बुझाएका थिए । बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीका एमडिआरटि मिन बहादुर गहतराज, एमडीआरटि रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार