
काठमाडौं : आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।