
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् ।
ओलीले सुहाङलाई खादामाला लगाएर अंकमाल गरे । सुहाङले ढोगेर आशीर्वाद मागे । ओली मंगलबार काठमाडौंबाट दमक हुँदै इलाम पुगेका हुन् । आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।