सेयरबजारमा २५ अंकको वृद्धि

२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ : साताको तेस्रो कारोबार दिन सेयरबजार ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको हो।

योसँगै कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज बजारमा २१५ कम्पनीका लगानीकर्ताले प्रतिसेयर आम्दानी गर्दा २६ वटाका सेयरधनीले प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

चार वटा कम्पनीका लगानीकर्ताले भने आम्दानी र नोक्सानी दुवै व्यहोर्नुपरेन। आज बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तका सेयरधनी मालामाल भएका छन्। दुई संस्थाको सेयर १० प्रतिशत र ९.९९ प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ४४.२० र ९८ रुपैयाँ प्रतिसेयर आम्दानी गरे।

आज लगानीकर्ताले ७.१८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ। सर्वाधिक कारोबारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। आज १ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ। जुन पछिल्ला केही दिनयता बिक्री भएको सर्वाधिक सेयर संख्या हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार