पूर्वप्रधानमन्त्रीका सांसद नातिले महिलालाई दुर्व्यवहार गरेको ‘हजारौँ’ भिडिओ सार्वजनिक

२०८१ बैशाख १८, मंगलवार

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाका नाति तथा सांसद प्रज्वल रेवन्नाले महिलाहरुलाई दुर्व्यवहार गर्दै गरेको हजारौँ भिडिओ सार्वजनिक भएपछि दक्षिणी राज्य कर्नाटकमा आक्रोश फैलिएको छ। प्रज्वल रेवन्नामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रज्वल जनता दल (सेक्युलर) का नेता हुन्। जुन पार्टी उनका हजुरबा देवगौडाले स्थापना गरेका हुन्। यो पार्टीले अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपासँग गठबन्धन गरेको छ।

प्रज्वलसँगै उनका बुबा एचडी रेवन्नाविरुद्ध पनि उजुरी छ। उनी कर्नाटकको विधानसभा सदस्य हुन्। उनीहरुविरुद्ध परिवारकै पूर्वकामदारले उजुरी दर्ता गरेकी हुन्छ। सोमबार सो पार्टीले प्रज्वललाई निलम्बन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार