एमाले छाडेका नेताहरू हराउन बेस्सरी लागेका थिए तर सकेनन : ओली

२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छाडेका इलामकै नेताहरू यो पटक निर्वाचनमा एमाले हराउन बेस्सरी लागेको टिप्पणी गरेका छन्। उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर संकेत गर्दै यस्तो बताएका हुन्। झलनाथ इलाममा चुनावी कमाण्डर बनेर पार्टीका उम्मेदवार जितबहादुर राईलाई जिताउन लागेका थिए। तर, राईले ५ सय मत पनि पाएनन्।

मंगलबार सुहाङ निर्वाचित भएपछि इलाम बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले झलनाथप्रति संकेत गर्दै भनेका छन्, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए।’

उनले पहिचान भनेको सबै नेपाली एकै हो भन्ने हुनुपर्ने बताए। ‘के हो के हो पनि भयो होला। पहिचान भनेको के हो के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो।’

सुहाङको जितले वितगको मूल्यांकन र भोलिको राष्ट्रिय राजनीतिको संकेत गरेको बताए। ‘यो सानो कुरा होइन, यसले विगतका कामको मूल्यांकन गरेको छ। भोलिको राष्ट्रिय राजनीतितर्फ संकेत गरेको छ। श्रीअन्तुतिरबाट इलाममा फेरि उदाएको सूर्यको संकेत गरेको छ,’ ओलीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार