विराटनगर : नवजात शिशुको हत्या आरोपमा प्रहरीले मोरङ मिक्लाजुङकी एक युवतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई पक्राउ परेकी हुन् । उनको घरदेखि उत्तर बाँसघारीमा नवजात शिशुको शव भेटिएको थियो । उक्त शिशुलाई राईले जन्म दिएको प्रहरीको दाबी छ ।गाउँबाट आफन्तले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
पक्राउ परेकी अस्मितालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरेको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाएको छ ।