वेस्ट इण्डिज विरुद्धको टी-२० सिरिजमा आज तेस्रो खेल खेल्दै नेपाल

२०८१ बैशाख १९, बुधबार

काठमाडौं : नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल सुरू हुनेछ। पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमको एक/एक अंक छ। पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको थियो। वेस्ट इण्डिज ए ले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै पूरा गरेको थियो।

दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो। १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर १५० रन मात्रै बनाएको थियो।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार